नियम १३
ऋण दिन वा लगानी गर्नमा प्रतिबन्ध
यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बिमकको संचालक समितिको कुनै पनि सदस्य संचालक भएको वा त्यस्तो सदस्यको वित्तीय स्वार्थनिहित भएको कुनै पनि संगठित संस्थालाई बिमकले कुनै पनि किसिमको ऋण दिन वा लगानी गर्न पाउने छैन ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि “वित्तीय स्वार्थ” भन्नाले बिमकको संचालक वा निजको एकाघर परिवारका सदस्यले कुनै कम्पनी वा संगठित संस्थाको चुक्ता पुँजीको दश प्रतिशत वा सो भन्दा बढी रकमको छुट्टा छुट्टै वा संयुक्त रूपमा शेयर खरिद गरेको रहेछ भने त्यस्तो कम्पनी वा संगठित संस्थामा बिमकको संचालकको वित्तीय स्वार्थ निहित रहेको मानिनेछ ।